स्मार्ट लाइसेन्स छाप्ने जिम्मा अव निजी कम्पनीलाई पनि, आइतवारबाट वितरण गरिने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, दैनिक पाँच हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने काम अप निजी कम्पनीले छाप्ने भएको छ ।

यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसक्दा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा गाडी चलाउँदै आइरहेका बेला डेढ महिनाभित्र पाँच लाख स्मार्ट कार्ड छाप्ने गरी मालिका इन्कर्पोरेटेड प्रालिलाई अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । हालसम्म तीन, चार हजार कार्ड छापिसकेको जनाईएको छ ।

कार्ड छपाइका लागि मालिकाले २० वटा प्रिन्टिङ मेसिन ल्याएको छ। प्रत्येक मेसिनले दैनिक हजारभन्दा बढी कार्ड छाप्न सक्ने बताइएको छ। अमेरिकाको जेब्रा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता मालिकालाई कार्ड छपाइको जिम्मा दिने निर्णय विभागले भदौमा गरेको थियो। उक्त निर्णयलाई ३१ भदौको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। विभागले छपाई भएका स्मार्ट लाइसेन्स आउदो आइतवारबाट वितरण गर्ने भएको छ ।

प्रकाशित : 23 October, 2018

प्रतिक्रिया दिनुहोस्