नेकपा सचिवालय बैठक आज बस्दै
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–७, पार्टिको तल्लो तहको एकताबारे छलफल गर्न आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो ।
बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाही लगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा खासगरी तल्ला तहमा अन्योलता सिर्जना भएको छ ।
नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि यसमा पनि विवाद छ । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले यसमा असहमति दर्ज गराएका छन् ।