पतिको सपना साकार बनाउन सगरमाथा चढ्दै एकल महिला

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–७, सगरमाथा चढ्ने सपना पुरा हुन नपाउँदै मृत्यु भएका पतिको सपना पुरा गर्न यस वर्ष दुई एकल महिलाले सगरमाथा आरोहण गर्ने भएका छन् । सगरमाथा अरोहणको क्रममा मृत्यु भएका सोलुखुम्बुका मिङमार र छिरिङ ओङच्यु शेर्पाकी श्रीमतीले यो वर्ष सगरमाथा अरोहणको योजना बनाएका हुन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङका छिरिङ ओङच्युकी पत्नी ङिमाडोमा शेर्पा र सोही ठाउँ दिङबुचेकी मिङमार शेर्पाकी पत्नी फुरदिकी शेर्पाले आगामी जेठ महिनामा सगरमाथा आरोहण गर्ने तयारी थालेका छन्।

एकल महिलाले भोग्नु पर्ने निरासा अब साहसमा बदल्न आरोहण गर्ने निर्णय लिएको उनीहरुको भनाइ छ । ‘टु वीडुस एभरेष्ट एक्पीडिसन २०१९’ नामबाट एकल महिलाको यो जोडीले साहसिक लक्ष्य लिएको हो।

प्रकाशित : 24 October, 2018

प्रतिक्रिया दिनुहोस्