नेपाल–चीन प्रवेश नाका रसुवागढीमा नेपाली राष्ट्रिय झण्डा फहराइयो

नुवाकोट । कात्तिक–७, नेपाल–चीन प्रवेश नाका रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । काठमाडौंदेखि १ सय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा एक विशेष कार्यक्रमका बीच नेपाली झण्डा गाडिएको हो ।
लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले मंगलबार यहाँ छुट्टै स्तम्भ निर्माण गरी नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरेको हो ।
नेपाली सेनाका उपरथी सुवर्णवहादुर शाहले झण्डोत्तोलन गरेका थिए । झण्डा फहराइएपछि यसले नेपाल र नेपालको पहिचान उचो बनाउने अपेक्षा गरिएको छ ।