उदयपुरमा देखियो प्राकृतिक ताज महल, घुम्न आउनेहरुको भिड (तस्वीर सहित)

उदयपुर । कात्तिक–८, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ माटे खोलामा ताजमहलको आकारमा रहेको पहाडमा घुम्न आउनेहरुको आजभोली भिड लाग्ने गरेको छ । शाही खोलाको किनारमा अवस्थित ताज महलको आकृतिमा रहेको पहाडलाई स्थानियहरुले सामाजिक संजालमा राखेपछि सर्वसाधारणका साथै शिक्षक, विद्यार्थी, समाजसेवी, व्यवपारी लगायतका मानिसहरुको भिड लाग्न थालेको हो ।
प्राकृतिक ताज महलको नाम दिएर उक्त पहाड हेर्न आउनेहरुमा उदयपुर जिल्लाबासी मात्र नभएर बाहिरि जिल्लाका मानिसहरु समेत रहेका छन् ।
त्रियुगा नगरपालिका लगायत सिरहा, सप्तरीको साथै काठमाण्डौं, विराटनगर जस्ता ठाउँमा रोजगारीको सिलसिलमा रहेका र दशैं मनाउन गाउँ आएकाहरु प्राकृतिक ताजमहल हेर्न आउने गरेको प्राकृतिक ताज महल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष राजकुमार दनुवारले बताए ।
दनुवारले प्राकृतिक रुपमा बनेको उक्त आकृति ३६ साल देखि नै उस्तै आकारमा अवस्थित रहेको बताएका छन् । यस ताजमहलको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न संरक्षणको जरुरी रहेको उनको भनाइछ ।