‘छक्का पञ्जा ३’ ले दुई हप्तामा कमायो तेह्र करोड साठी लाख

काठमाण्डौं । कात्तिक–८, घटस्थापनाबाट प्रदर्शनमा उत्रिएको ‘छक्का पञ्जा ३’ को दुई हप्ते कलेक्सन रिपोर्ट बाहिर आएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मले प्रदर्शनको दुई हप्तामा १३ करोड ६० लाख ग्रस कलेक्सन गरेको छ ।
२ करोड आसपासमा निर्माण भएको फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफातर्फ आफूलाई डोर्याएको थियो । प्रदर्शनको दुई दिनमा नै यो फिल्मले २ करोडमाथि कमाएको थियो ।
कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले फिल्मको कलेक्सनमा भरपुर साथ दिएको छ । सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरिएको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । ‘छक्का पञ्जा ३’ सँगै निर्देशक निरौलाले हिट फिल्ममा ह्याट्रिक मारेकी छन् ।