फेसबुकको माध्यमबाट ५० वर्षीया महिला २० वर्षे युवकसँग भागिन

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–८, भारतको मोदीनगरमा ५० वर्षे महिला २० वर्षे युवकसँग भागेको खबर सार्वजनिक भएको छ । फेसबुकको माध्यमबाट साथी बनेका यी दुवैजनामा प्रेम भएपछि भागेको बताइएको छ ।

श्रीमति फरार भएपछि ती ५० वर्षीया महिलाका श्रीमनले प्रहरीमा उजुर दिएपछि घटना सार्वजनिक भएको हो ।  ती महिलालाई उनकै छोराले ६ महिनाअघि मोबाइल दिएका थिए । मोबाइल पाएपछि फेसबुक चलाउन थालेकी उनको भेट ती २० वर्षीय युवकसँग भएको र उनीहरुविच प्रेम भएपछि महिला सोहि युवकसँग भागेको बाताइएको छ ।

महिलाले घर छाडेर जाँदा मोबाइल घरमै भेटिएकोले उनीहरुको वास्तविकता पत्ता लागेको हो । ती महिलाका एक छोराको विवाह समेत भइसकेको छ । महिलाको खोजी कार्य जारी रहेको प्रहरीले भारतीय संचार माध्यमहरुलाई जानकारी दिएको छ ।

प्रकाशित : 25 October, 2018

प्रतिक्रिया दिनुहोस्