जापानमा रुवाउने शिक्षकको ट्रेन्ड

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–८, जापानमा मानिसहरु अत्याधिक व्यस्त रहने गर्छन् । कम छुट्टि र बढि कामको कारण जापानका मानिसहरुमा बढि तनाव हुने गर्छ । कर्मचारीबाहेक जापानी विद्यार्थी पनि संसारमा सबैभन्दा धेरै तनावग्रस्त विद्यार्थीमा गनिन्छन् ।

त्यसैले आफ्ना नागरिकहरुलाई तनावमुक्त बनाउनका लागी जापानी सरकारले नयाँ उपया अपनाउन थालेको छ । जापानमा मानिसहरुको तनाव कम गर्नका लागि हँसाउनुको साटो रुवाउनेमा जोड दिइँदै छ ।

यहाँका विभिन्न कम्पनी र स्कूलले आफ्ना कर्मचारी र विद्यार्थीलाई हप्तामा एक दिन मज्जाले रुन प्रोत्साहित गरिरहेको छ । रुनुको फाइदा बताउनका लागि ‘टियर्स टिचर’ अर्थात् आँसु झार्ने ट्रेनर पनि तयार गरिँदै छ ।

खुशी र दुखको समयमा आउने आँशुले तनाव घटाउँछ । मेडिकल स्कुलका शिक्षकहरुको अनुसार तनावसँग लड्नको लागि आँशुले सेल्लडिफेन्सको काम गर्छ । गत ५ बर्षदेखि जापानका विद्यालयहरुमा रुनुको फाइदाहरुको बारेमा जानकारी गरिँदै छ ।

प्रकाशित : 25 October, 2018

प्रतिक्रिया दिनुहोस्