आमाको पेटभित्रै दुई शिशुको मेरुदण्डको उपचार सफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–८, चिकित्सकहरुले आमाको पेटभित्र रहेका दुई शिशुहरुको मेरुदण्डमा देखिएको समस्याको सफलतापूर्वक उपचार गरेका छन् । लण्डनस्थित युनिभर्सिटी कलेज हस्पिटलमा ३० जना चिकित्सकको टिमले जन्मदैं नजन्मिएका दुई शिशुको मेरुदण्डमा देखिएको समस्याको आमाको पेटमै सफल उपचार गरेका हुन् ।

यस्तो सर्जरी बेलायतको मेडिकल इतिहासमै पहिलो पटक भएको जनाइएको छ । ती दुई बच्चाहरुलाई स्पाइना बाइफिडाको समस्या थियो । यो समस्या भएका बच्चाहरुको स्पाइनल कर्ड अर्थात मेरुदण्ड राम्रोसँग विकास भएको हुँदैन र भित्र अन्तर धेरै हुन्छ ।

यस समस्याको उपचार धेरै जसो बच्चा जन्मपछि गरिने गरिन्छ । ९० मिनेटको उक्त सर्जरीमा चिकित्सकहरुले पाठेघरमा सानो प्वाल बनाएर बच्चाको मेरुदण्डमा रहेको खाली ठाउँमा सिलाइदिएका थिए ।

यो प्रक्रिया धेरै जोखिमपूर्ण छ र यसले समयभन्दा पहिले नै बच्चा जन्मिने समस्या पनि निम्त्याउन सक्छ । तर, शोधकर्ताहरुले कम हानी हुने ‘किहोल’ विधि पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित : 25 October, 2018

प्रतिक्रिया दिनुहोस्