आज उत्पादनमूलक बाहेक सबै समूह ओरालो लाग्दा नेप्से ८ अङ्क घट्यो

काठमाण्डौं । कात्तिक–८, आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ८२ अङ्कले घटेको छ । नेप्सेमा कारोबार भएका १० समूहमध्ये अधिकांश समूहमा गिरावट आउँदा समग्रमा परिसूचक घटेको हो ।
१ हजार २ सय ५० दशमलव २ अङ्कबाट सुरु भएको आजको नेप्से कारोबार सुरु भएदेखि नै घट्न थालेको थियो । ८ अङ्कको गिरावटपछि केही सम्हालिएर स्थिर अवस्थामा रहँदै सुधारिएर उकालो लागेको नेप्से पुनः ओरालो लागेपछि ८ अङ्कले घटेर नेप्से १ हजार २ सय ४१ दशमलव ८२ अङ्क कायम भएको छ ।
आज उत्पादनमूलक ४९ दशमलव ५६ अङ्कले बढ्नुबाहेक सबै कम्पनीको सूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा ४२ दशलमव ०३, होटल ३६ दशलमव ९४, जीवन बिमा १० दशमलव ६२ अङ्कले र बैङ्किङ समूह ९ दशलमव ९८ अङ्कले घटेको छ भने अन्य कम्पनीको सूचक सामान्य अङ्कले घटेको छ ।
आज नेप्सेमा १ सय ५६ कम्पनीका ४ हजार ३ सय १७ कारोबारबाट ९ लाख ४८ हजार सेयर किनबेच भई २७ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।