क्यान्सर पिडित नियमित ग्राहकलाई खुसी बनाउन पिज्जा लिएर ३ सय २१ किमि टाढा पुगे रेष्टुरेन्ट म्यानेजर

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–९, अमेरिकाको मिशिगनमा ‘स्टिव पिज्जा’ रेष्टुरेन्टका म्यानेजरले क्यान्सर पीडित ज्येष्ठ नागरिकलाई पिज्जा पुर्याउनका तीन सय २१ किलोमिटर टाढा पुगेका छन् । उक्त रेष्टुरेन्टले डेलिभरीका लागि अर्डर लिने गर्दैन तर १८ वर्षका स्टोर म्यानेजर डाल्टन शेफरले रष्टुरेन्टका वर्षौं पुरानो ग्राहकलाई जन्मदिनमा खुसी दिनका लागि उनको घरसम्म तीन सय २१ किलोमिटर यात्रा गरेका हुन् ।

२५ वर्ष अघि मिशिगनमा बस्ने रिच र उनकी श्रीमती जूली मोर्गन मौका पाउनेबित्तिकै स्टिव पिज्जा जाने गर्दथे ।यसै वर्ष दुबैले रिचको जन्मदिन स्टिव पिज्जामा नै मनाउने निर्णय गरेका थिए तर केहिदिन अघि क्यान्सरका कारण रिचको स्वास्थ्य स्थिती बिग्रियो । डाक्टरले उनीसँग केही समय मात्र बाँकी भएको बताउँदै लामो यात्रा नगर्न सल्लाह पनि दिएका थिए । जब जूलीका पिता डेविड डाकलाई रिचको रद्द भइसकेको जन्मदिनको योजनाबारे थाहा भयो तब उनले स्टिव पिज्जा रेष्टुरेन्टमा फोन गरे । डेविडले स्टोर म्यानेजरलाई दुबैको कहानी सुनाएर यदि रेष्टुरेन्टले रिच र जूलीका लागि एउटा नोट लेखेर पठाए उनीहरु निकै खुसी हुने बताए । रेष्टुरेन्ट निकै टाढा भएको र डेलिभरीको सम्भावना नभएका कारण आफूले नोटको चाहना गरेको डेविडले बताए ।

यता, फोन उठाउने व्यक्ति १८ वर्षका डाल्टन नै थिए । कहानी सुनेपछि डाल्टनले डेविडलाई फोन गरेर मनपर्ने पिज्जाबारे जानकारी लिए । त्यसपछि उनले आफै पिज्जा तयार गरेर आफ्नो कारमा तीन घण्टा २१ किलोमिटरको यात्रामा निस्किए ।
डाल्टनले करिब साडे तिन घण्टा लामो यात्रा गरेर रातिको दुई वजे रिचलाई सरप्राइज दिन पुगे । उनको यस्ता काम देखेर रिचका पतिपत्नि दुवैजना निकै खुसी देखिएका थिए । उनीहरुले डाल्टनको प्रशंसा गर्दै फेसबुकमा पोष्ट समेत गरेकी छन् ।

प्रकाशित : 26 October, 2018

प्रतिक्रिया दिनुहोस्