प्रविधिमा पछाडि रहेका सलमान खान लगाउने कपडामा खास ध्यान दिँदैनन्

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–९, बलिउड स्टार सलमान खान स्टार भए पनि पहिरनमा खास ध्यान दिँदैनन् । उनी सस्ता कपडा किन्छन् ।

कहिलेकाहीँ ५ सय भारुको टिसर्ट लगाएर पनि सार्वजनिक कार्यक्रममा देखिन्छन् । उनी पुराना कपडा हत्तपत्त फाल्दैनन् । उनी १५ वर्ष पुरानो जिन्स र १० वर्ष पुरानो जुत्ता लगाएर पनि फिल्म प्रमोसनमा हिँडेका छन् ।

सलमान प्रविधिमैत्री छैनन् । उनले अहिलेसम्म आफ्नो इमेल आइडी पनि खोलेका छैनन् । फोनमा भन्दा प्रत्यक्ष भेटेर कुरा गर्न रुचाउँछन् । न उनीसँग आइप्याड छ, न त प्ले स्टेसन नै । रोचक कुरा यो छ कि, उनलाई बजरंगी भाइजानमा समावेश गीत ‘सेल्फी ले ले’ सुटिङ हुनुअघि सेल्फी शब्द नै थाहा थिएन ।

प्रकाशित : 26 October, 2018

प्रतिक्रिया दिनुहोस्