केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रेष्टुरेन्टमा पानी पिएर १० हजार डलर टिप्स

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–९, चर्चित युट्युब ब्लगर जिम्मी डोनाल्डसनले हालै एक रेष्टुरेन्टमा वेट्रेसलाई १० हजार डलर टिप्स दिएको घटनाले अहिले चर्चा कमाइरहेको छ । घटना अमेरिकाको नर्थ क्यारोलिनास्थित ग्रिनभिल्लेमा रहेको सुप डग्स रेष्टुरेन्टमा गत शनिबार भएको हो ।

उक्त रेष्टुरेन्टमा साँझ अबेर छिरेका जिम्मीले भित्र छिरेर केहीबेर कुर्सीमा बसे र दुई बोतल पानी मगाए । अनि टेबुलमा १० हजार डलर राखिदिएर उनी निस्किए । पानी पुर्याउन जाने एलेना क्लस्टले त्यो रकम हात पारिन् । सुरुमा जिम्मीलाई कसैले चिनेन तर जब १० हजार डलर टिप्स छाड्ने ग्राहकको पहिचानको खोजी भयो तब उनी चर्चित युट्युबर जिम्मी भएको खुलासा भयो ।

जीवनमा कहिल्यै पनि कल्पना नगरेको यत्रो टिप्स पाएपछि एलेनाले भनेकी छिन्– दुनियाँमा मानवियता अझै ज्यूँदै रहेछ ।

प्रकाशित : 26 October, 2018

प्रतिक्रिया दिनुहोस्