उपप्रधानमन्त्री पोखरेलको चीन भ्रमण उपलब्धिपूर्ण

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–११, नेपालका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले यसैसाता चीनको भ्रमण गरेका छन् । यसक्रममा चीन सरकारका रक्षामन्त्री जनरल वाई फँगीसँग द्वीपक्षीय भेटघाट र वार्ता भएको छ ।

नेशनल पिपुल्स कांग्रेसका अध्यक्षसमेत रहेका चिनियाँ कम्युनिष्ट पार्टीका तेस्रो स्थानमा रहेका नेता ली झान सुसँगको समेत भेट र वार्ताले उपप्रधानमन्त्री पोखरेलको यो भ्रमणलाई चीनियाँ कम्युनिष्ट पार्टी एवं सरकार दुवैले निकै महत्व दिएको पाइएको छ ।चीनका रक्षा मन्त्रीसँगको भेटमा उपप्रधानमन्त्री पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको २०१८ जूनमा भएको चीन भ्रमण त्यसले नेपाल चीन सम्वन्धमा पारेको प्रभावका साथै सैनिक सहकार्य, तालिम, मानवीय सहयोग, मेडिकल सामाग्री सहयोग पिस किपिङ मिशन र नेपालमा डिफेन्स विश्वविद्यालयको चीन सरकारको सहयोगका विषयमा कुराकानी गरेका छन् ।

पाँच वर्षका लागि नेपालको प्रकोप व्यवस्थापनमा चीन सरकारले नेपाललाई १५० मिलियन आर्थिक सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर हुनु पोखरेलको भ्रमणको अर्को उपलव्धी हो ।

त्यस्तै चीनपक्षबाट नेपाल सेनासँग सहकार्य गर्ने प्रस्ताव आउनु, र नेपालले लिएको र देखाएको एक चीन नीतिको प्रशंशा हुनुले पनि यो भ्रमण निकै महत्वपूर्ण रहेको देखिएको छ ।

प्रकाशित : 28 October, 2018

प्रतिक्रिया दिनुहोस्