केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बार्सिलोनालाई पछि पार्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–११, बार्सिलोनालाई पछि पार्दै एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा एटलेटिको म्याड्रिडले रियल सोसीडाडलाई २-० ले हराउँदै तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि डिएगो गोडिन र फिलिपे लुइसले गोल गरे।एटलेटिकोले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो । कप्तान डिएगो गोडीनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० औं मिनेटमा अर्का डिफेन्डरले टोलीको अग्रता दोब्बर पारे । साउल निगुएजको पासमा फिलिपे लुइसले गोल गर्दै जित पक्का गरेका थिए । खेलमा एन्टोइन ग्रिज्मन र डिएगो कोस्टाले आक्रमण सम्हालेपनि अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

यस जितसँगै एटलेटिले १० खेलमा ५ जित र ३ बराबरीसँगै १९ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको बार्सिलोनाको १८ अंक छ। १० खेल खेलेको एस्पान्योलको पनि समान १८ अंक नै छ।

प्रकाशित : 28 October, 2018

प्रतिक्रिया दिनुहोस्