दशै तिहार प्लस मुभिमा हिट सिनेमा लगातार, आज चलचित्र झोले प्रशारण

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–११, ग्राहकहरुमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको डिस होमले दशैँ तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागी प्लस मुभि (च्यानल नं १०३)मा हिट सिनेमाहरु प्रशारण गरिरहेको छ । नेपालीहरुको महान पर्व दशैँ तिहारलाई अझ विशेष बनाउनका लागी प्लस मुभिले हिट सिनेमाहरु प्रशारण गरेको हो ।

यस च्यानलमा दशैँतिहारको अवधिभर नदोहो¥याइ चर्चित नेपाली कथानक चलचित्रहरु प्रशारण भइरहेका छन् ।

यसै सेवा अन्तर्गत प्लस मुभिमा आज नेपाली कथानक चलचित्र झोले हेर्न सकिनेछ । यस सेवाबापत चलचित्र हेर्नका लागी आफ्नो नियमित प्याकेजलाई प्लस प्याकेजमा अपग्रेड गर्नुपर्ने हुन्छ ।

प्लस प्याकेजमा अपग्रेड गर्नको लागि हिस होमको ग्राहक सेवा केन्द्रको फोन १६६० ०१ २२००० (सोह्र साठि शून्य एक बाइस हजार)  वा ०१ ४२१७६६६ (शुन्य एक बयालिस सत्र छ छ छ)मा सम्पर्क गर्न सकिनेछ । प्लस प्याकेजका लागी दैनिक दुइ रुपैया पचास पैसा मात्र लाग्नेछ ।

प्रकाशित : 28 October, 2018

प्रतिक्रिया दिनुहोस्