२ सय ३५ रुपयाँको सामान खरिद गर्दा भेटियो २१ लाखको हिरा

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–११, अष्ट्रेलियाका एक जोडीले केहि समय अघि दुई डलर पर्ने सेकेन्ड ह्यान्ड बोर्ड गेम खरिद गर्दा त्यसभित्र करिब २१ लाख मूल्य बराबरको हिराको औंठीहरु भेटे । बोर्ड खरिद गरेर घरमा ल्याएपछि खोलेर हेर्दा त्यसभित्र ६ वटा हिराका औँठीहरु भेटिएको हो ।

यति महङ्गो औँठी भेट्टाएका ती जोडिले उक्त औँठी मालिकलाई नै फिर्ता दिने सोच बनाएर उक्त घटना अनलाइनमार्फत सार्वजनिक गरे । घटना अनलाइनमा भाइरल भएपछि बोर्ड गेमका मालिकले जोडीलाई सम्पर्क गरेका छन् ।

बोर्ड गेमका मालिकले उनीहरुलाई सम्पर्क गरेपछि आफुहरुले उक्त हिराका औँठीहरु फिर्ता दिएको उक्त जोडिले संचार माध्यमलाई जानकारी गराएका छन् ।

प्रकाशित : 28 October, 2018

प्रतिक्रिया दिनुहोस्