राजा वीरेन्द्रको आत्माले शान्ति पाएन ! पुजाको तयारी गर्दै छमकला

सहयात्रा टिभी

अर्घाखाँची । कात्तिक–११, अर्घाखाँचीको डिभर्नाकी एक महिलाले राजा वीरेन्द्रको आत्माले शान्ति पाएन भन्दै पुजाको तयारी गरेकी छन् । ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले आफूलाई राजाको नाममा पूजा लगाइदिनू भनेपछि पूजा लगाउन सामाग्री जुटाएको बताएकी छन्।

उनले पुजा गर्नका लागी रेखी, प्रसाद, जौ, तील, कुस, टपरी, कपडा, दियो, कलश, बत्ती , चकटी, चामल, महाप्रसाद, ध्यु, तेल, हवन सामाग्री २ तमौरा तथा पिण्डका लागि खीर पकाउन ताउली समेत जुटाएकी छन्।

स्वर्गीय राजा वीरेन्द्रको हत्या भएकै ठाउँमा पूजा लगाउनु पर्ने भएकाले त्यसका लागि उनले सरकारसँग पहल गरिदिन माग गरेकी छन्।

सूर्य भगवानले भनेअनुसार सात हातको २१ सय २१ सराको बत्ती बनाएको र त्यो बत्ती कात्तिकको औंसीमा बाल्न सकेमा राम्रो हुने देवताले बताएको उनले बताइन्।

कात्तिकको औंसी अथवा माघको औंसीमा पूजा लगाएर सात हातको २१ सय २१ सराको बत्ती बाल्नुपर्ने उनले बताइन। यो कुरा सरकार समक्ष पु¥याइ दिन सबैसँग उनले पहल गरिदिन आग्रह गरेकी छन्।

प्रकाशित : 28 October, 2018

प्रतिक्रिया दिनुहोस्