केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्सेमा १३ अंकको गिरावट

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–११, आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव ६२ अङ्कले घटेको छ । आज १ हजार २ सय ४१ दशमलव १३ अङ्कबाट सुरु भएको नेप्से १३ अङ्क घट्दै १ हजार २ सय २७ दशमलव ४९ अङ्क कायम भएको छ ।

कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से १३ अङ्कले घटेपछि केही सम्हालिँदै फेरि घटेको हो ।
कारोबार भएका सबै १० समूह ओरालो लागेपछि नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार ९ सय ८५ कारोबारबाट १ लाख १९ हजार सेयर खरिदबिक्री भई ३२ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी निर्जीवन बिमा ७९ दशमलव ७३, जीवन बिमा ५४ दशमलव ११, बैङ्किङ १६ दशमलव ८१, होटल १५ दशमलव ०१ अङ्कले घटेका छन् । यस्तै बाँकी समूहमा पनि गिरावट आएको छ ।

प्रकाशित : 28 October, 2018

प्रतिक्रिया दिनुहोस्