मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनद्धारा पशुपतिमा पूजा

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१२, मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनले पशुपतिमा पूजाआजा गरेका छन् । आइतबार राति ११ बजे काठमाण्डौं आइपुगेका मन्त्री कुलासेगरनले सोमबार बिहान ८ बजे पशुपति मन्दिर पुगेर पूजा गरेका हुन् ।

मन्त्री कुलासेगरनलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए । सो क्रममा आफूले १० वर्षअघि नौ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलासेगरनले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताएको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए ।

मन्त्री कुलासेगरनले पूजापछि बागमती नदी किनारमा शवदाह गरिएको दृश्य केहीबेर अवलोकन गरेका थिए ।

नेपालसँग श्रम सम्झौताका लागि नेपाल आएका कुलासेगरनले आजै दिउँसो पाटन दरबार र नारायणहिटी संग्रहालयको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्