केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१ सय ८९ जना यात्रु बोकेको विमान दुर्घटना

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१२, इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ विमान दुर्घटना भएको छ । बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै सम्पर्कविहिन भएको थियो ।

फ्लाइट नम्बर जेटी–६१० जहाज जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहिन भएको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले बताएका छन् । अहिले खोजी तथा उद्धार कार्य जारी छ । जहाजको क्षमता २१० यात्रुको थियो ।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्