केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुबाले छोरालाई दैनिक सलाम ठोक्नु पर्ने भएपछि

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१२, भारतको उत्त‍र प्रदेशको राजधानी लखनउको एउटा प्रहरी चौकीमा बुवा प्रहरी जवानले एसपी रहेका छोरालाई सलाम ठोक्नुपर्ने भएको छ।

भारतको गाजियावाद, नोएडामा कार्यरत एसपी अनुपकुमार सिंहको उनका बाबु जनार्दन सिंह प्रहरी जवानका रुपमा कार्यरत लखनउको प्रहरी चौकीमा सरुवा भएपछि बाबुले छोरालाई दैनिक सलाम गर्नु पर्ने भएको हो ।

स्थानीय पत्रिकामा प्रकाशित समाचार अनुसार प्रहरी जवान जनार्दन सिंहले छोराको मातहतमा काम गर्न पाउँदा गर्व महशुस भएको बताएका छन्। उनले भनेका छन्, ‘म ड्युटीमा रहँदा मेरो कप्तानलाई नियमित सलाम ठोक्नेछु।’

तर जर्नादनका छोरा एसपी अनुपले भने कर्तव्य निभाउनका लागि म प्रोटोकलको पालना गर्नेछु । उनले आफूले बाबुबाट कर्तव्य र संस्कार सिकेको पनि बताएका छन्। एसपी सिंहले लखनउ आउनुभन्दा पहिले गाजियावाद, नोएडा उन्नावमा एएसपीको रुपमा काम गरेको जनाएका छन्।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्