केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१५ वर्षका छोराकी आमा मलाइकासँग बिहेको तयारीमा अर्जुन कपुर

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१२, भारतीय मिडियाहरुका अनुसार बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरले अर्को वर्ष विवाह गर्ने भएका छन् । आफुभन्दा करिब १२ वर्ष जेठी मलाइकासँग अर्जुन कपुरको प्रेम सम्बन्ध रहेको हाल संचार माध्यमहरुमा खुल्न थालेको छ ।

मलाइका विवाह गरेर सम्बन्धविच्छेद भइसकेकी अभिनेत्री हुन भने अर्जुन कपुर अविवाहित छन् । मलाइकाको गत वर्ष अरवाज खानसँग सम्वन्धविच्छेद भएको थियो । उनका १५ वर्षका छोरा समेत रहेका छन् ।

अरवाजसँग सम्वन्धमा रहँदासम्म अर्जुनसँगको प्रेम गोप्य राखेकी मलाइकालाई अहिले कसैको डर छैन । त्यसैले उनीहरु बारम्बार एकसाथ स्पट भइरहेका छन् ।

हालै मिलन एयरपोर्टमा उनीहरु एकसाथ देखिएका थिए । मिडियाको अगाडि एकअर्कासँग दुरी बनाएर कुरा गरेका उनीहरुले अली पर गएपछि एकअर्काको हात समातेका थिए । उनीहरु हात समातेर हिँडेको भिडियो अहिले भाइरल बनिरहेको छ । उनीहरुको जोडीलाई अमिल्दो भन्दै सामाजिक सञ्जालमा धेरैले ट्रोलसमेत गरेका छन् ।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्