प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित (प्रेस विज्ञप्ति सहित)
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–१२, स्वास्थ्यमा थप समस्या देखिएपछि आज विहान अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो स्वास्थ्य रिपोर्ट आएको छ । शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रेस विज्ञप्ति सहित प्रधानमन्त्री ओलीको पहिलो स्वास्थ्य रिपोर्ट निकालेको हो ।
प्रधानमन्त्री ओलीको छातीमा संक्रमण भएको र शरीरमा चिनीको मात्रा असन्तुलित भएको बताइएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र अन्य समस्या भने नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीन दिन देखि अस्वस्थ देखिएका प्रधानमन्त्रीको स्वास्थ्यमा आज थप समस्या देखिएपछि विहान अस्पताल पु¥याइएको थियो ।