देबी घर्ती र मेक्सम खातीको आवाजमा “दशा “ बजारमा सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१२, छोटो समयमा उत्कृष्ट स्थान बनाउन सफल स्काइ मुन मिडियाले पछिल्लो समयमा निकै उत्कृट गीत “दशा “डिजिटल बजारमा सार्वजनिक गरेको छ ।चर्चित लोक तथा दोहोरी गायिका देबी घर्ती र पछिल्लो समयका प्रिय गायक मेक्सम खातीको आवाजमा रहेको गीतमा बासुदेव पोखरेलले शब्द सृजना गरेका छन् भने किशोर खत्रीको लय सृजना रहेको छ ।

पिरतीमा ज्यान बाजी राखेको र छुटेपछि यादले सताएको अनि रुवाएको प्रसँगलाई यस गीतमा समेटिएको छ । ‘गीतबाट धेरै आशा छ स्काइ मुन मिडियाका सञ्चालक एवम सर्जक सागर रेग्मी भन्छन्, – गीतमा सबैको मेहनत धेरै परेको छ । सबै उत्तिकै खटिनुभएको छ । त्यसैले पनि गीत राम्रो बनेको छ । आशा छ सबैले मन पराउनुहुनेछ ।’

यस गीतमा किशोर खत्री र बुनु लामाको दर्दनाक अभिनयलाई सृजन बरालले निर्देशन गरेका हुन,भने रेशम दर्लामीले छायंकन गरेका हुन । बिवेक सुनारले सम्पादन गरेको गीतलाई स्काइ मुन मिडियाकै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित : 29 October, 2018

प्रतिक्रिया दिनुहोस्