पुन: सुरु हुँदै ‘द कपिल शर्मा शो’, हेर्ने होइन त !

काठमाण्डौं । कात्तिक–१२, कमेडिका किङ कपिल शर्माले आफ्ना दर्शकहरुका लागी पुन: ‘द कपिल शर्मा शो’ सुरु गर्ने तयारी गरिरहेका छन् । इंडियन एक्सप्रेस अनुसार उनको शो यसै वर्षको डिसेम्बरमा शुरू हुनेछ ।
कपिल आफ्नो बिहेको तयारीमा पनि व्यस्त छन् । निर्माताले पनि शो लाई हतारमा शुरू गर्न चाहेका छैनन् ।
कपिल पर्याप्त समय लिएर बिवाह पछी डिसेम्बरमा शो लाई प्रशारण गर्ने सोंचमा छन् । अहिले शो को क्रिएटिव एंगलमा काम भइरहेको छ । कास्टींंग र शो को फर्मेटमा थुप्रै काम बाँकी रहेको छ भने सेट पनि डिजाइन नभएको जनाइएको छ ।
१२ डिसेम्बरमा कपिल शर्मा जालंधरमा आफ्नी गर्लफ्रेंड गिन्नी चतरथसँग बिहे गर्दैछन् । त्यसैकारण अब यो शो डिसेम्बर दोश्रो सातापछि मात्रै शुरू हुने आँकलन गरिएको छ ।