आजको राशिफल
काठमाण्डौं । कात्तिक–१३,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय अनुकुल रहे पनि मेहनेतबाट मात्र काम पुरा हुनेछ । चुनौतिले समयको महत्व दर्शाउनेछ । अध्ययनमा मन जाला । खराब साथीको संगतले नराम्रो काममा लाग्न सक्ने संकेत छ, सतर्क रहनुहोला ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक भेटघाटले हर्ष जगाउनेछ । खर्च बढ्न सक्छ । मिष्ठान्न भोजनको योग छ । स्वास्थ्यमा केहि ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारको साथ मिल्नेछ । प्रतिष्ठित काममा संलग्न हुन पाउने अवसर छ । व्यापार व्यवसायबाट राम्रो आम्दानि हुनेछ । प्रेम सम्बन्ध मजबुत बन्दै जाने देखिन्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचेको काममा केहि बाधा देखिन सक्छ । सफलताको लागी धेरै मेहनेत गर्नुपर्ला । खराब मान्छेको संगतबाट टाढा रहनुहोला, हानि हुन सक्छ । प्रिय व्यक्तिसँगको भेटले निरासापन हट्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानिको स्रोत बढ्नेछ । नयाँ कामको थालनि गर्न सकिनेछ । आफन्तहरुको सहयोगले सफलता मिल्नेछ । प्रेमको गाँठो कसिनेछ । वैदेशिक क्षेत्रबाट राम्रो आय मिल्ने देखिन्छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा केहि चुनौति देखिनेछ । राजनीतिज्ञहरुको लागी समेत केहि बाधा देखिन सक्छ । मेहनेतले मात्र काममा सफलता मिल्नेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फलदायी काममा हात हाल्ने अवसर छ । मेहनेतले चिताएको काम बन्नेछ । साथीभाईहरुसँगको सम्बन्ध मजबुत हुनेछ । मिष्ठान्न भोजनको योग छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनेछ, खानपानमा ध्यान दिनुहोला । विश्वास गरेका व्यक्तिहरुबाट धोका हुन सक्छ । प्रेमिप्रेमिकाको सम्बन्धमा बाधा देखिएको छ । परिवारमा केहि असमझदारी हुन सक्छ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
जोस जाँगर बढ्नाले काममा राम्रो उपलब्धि देखिनेछ । प्रतिष्ठित कामले मानसम्मान र इज्जतको बढुवा हुनेछ । प्रतिष्ठित व्यक्तिहरुबाट प्रशंसा सुन्न पाइनेछ । मनमा हर्ष छाउनेछ । रमाइलो जमघटमा सामेल हुने अवसर प्राप्त होला ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा फाइदा हुनेछ । विभिन्न चुनौतिका बाबजुत पनि काममा सफल भइनेछ । यात्राको अवसर प्राप्त हुनेछ । साथीहरुसँगको रमाइलो भेटघाटले मनमा हर्ष जगाउनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थिति अनुकुल बन्दै जानेछ । काममा देखिने बाधा र समस्याहरु हट्नेछन् । शुभचिन्तकहरुको साथ र सहयोग मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक असमझदारीले समस्या निम्त्यिाउनेछ । सफलताका निम्ति अति मेहनेतको जरुरी देखिन्छ । दाजुभाईबाट सहयोग मिल्नेछ । धैर्यताले काममा मद्यत पु¥याउँनेछ । अध्ययनमा खास्सै मन नजाला । खर्चमा केहि वृद्धि हुन सक्ने देखिन्छ ।