केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रिमियर लिग : टोटनहमलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१३, म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा सिटीले टोटनहमलाई १-० ले पराजित गर्‍यो।

रियाद महारेजले खेलको छैटौ मिनेटमा गरेको गोल नै सिटीलाई जित दिलाउन निर्णायक बन्यो। जितपछि सिटीले १० खेलबाट लिभरपुल समान २६ अंक जोडेको छ। गोल अन्तरमा अगाडी रहँदै सीटी शीर्ष स्थानमा उक्लिएको हो।

दशौँ चरणको खेल समाप्तीपछि सिटी र लिभरपुलसँगै चेल्सी गरी तीन टिम अपराजित छन्। सिटी र लिभरपुले ८ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाल्दा चेल्सीले ७ खेलमा जित र ३ खेलमा बराबरीको नतिजा निकालेको थियो।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्