केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्रेकअपपछि केटीहरु के के गर्छन्, थाहा पाइराख्नुस्

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१३, आफूले धेरै माया गरेको मानिसलाई छोड्नुपर्ने धेरै कारण हुन्छ, जसमा एक–अर्कालाई नबुझ्दा र अरुले लगाएको कुरा माथि सजिलै बिश्वास गर्नु प्रमुख कारण हो ।  प्रेम र माया लगाउन केहि गर्नु पर्दैन, जहाँ मानिस हुन्छ त्यहाँ प्रेमको आभास हुन्छ । प्रेमको सुरुवातमा आँखा लगाउनु, माया लाग्नु, प्रेम व्यक्त गर्नु, साथै हिड्नु, रिस उठाउनु र त्यसपछि ब्रेकअप हुनु धेरै प्रेमी–प्रेमीकाको कथा यस्तै तरिकाले समाप्त हुन्छ । सामान्यतया, ब्रेकअपपछि, केटा र केटीले एकअर्कासँग दुरी बढाउने र बिर्सिने प्रयास गर्छन् ।

ब्रेकअपपछि केटिहरुले गर्ने केहि अनौठा हर्कत यस्ता छन् :

१) सामाजिक संजालमा सक्रिय हुने
ब्रेकअपपछि, केटीहरू सामाजिक सञ्जालमा अचानक सक्रिय हुन्छन् । आफ्नो नयाँ प्रोफाईल तस्विर परिर्वतन गर्नु, शायरीहरु शेयर गर्नु, पार्टी फङ्सनको फोटोहरू साझा गर्नेमा व्यस्त हुन्छन् ।

२)नयाँ पार्टनर खोज्ने
ब्रेकअपपछि, नयाँ साथी, नयाँ प्रेमीको खोजी कार्य पनि शुरु हुन्छ । तिनीहरूले हरेक केटालाई आफ्नो जीवन साथीका रुपमा हेर्न थाल्छन् । तर आफ्नो भूतपूर्व प्रेमी जस्तो भेट्न सक्दैनन् भनेर पनि ढुक्क हुन्छन् ।

३) भूतपूर्व प्रेमी के गर्दैछ भनेर चासो राख्ने
ब्रेकअपपछि, केटीहरू भूतपूर्व प्रेमी अहिले के गर्दै छ भनेर जान्ने इच्छा समेत राख्ने गर्छन् । फेसबुक, व्याट्सप, भाइवर, इमो र इन्स्टाग्रामको स्ट्याटस हेर्ने पनि उनीहरूको एक महत्वपूर्ण दैनिकी बनेको हुन्छ ।

४) सपिङ्गमा व्यस्त हुनु
समान्यता ब्रेकअपपछि, धेरै केटीहरू समय सामान खरिदमा लगाउँछन् । तनाव कम गर्नका लागि आफूलाई सपिङ्गमा व्यस्त राख्ने गर्छन् । तिनीहरूमध्ये केहीले त आफूसँग भएको पूरै रकमको सपिङ्ग गर्छन् ।

५) रातीमा पूर्वप्रेमीलाई फोन गरि कुराकानी गर्ने
अबेर रातिसम्म रक्सी चुरोट प्रयोगपछि केटीले आफ्नो भूतपूर्व प्रेमीलाई कल गर्दै बितेको कूराहरुलाई व्यक्त गर्छन् र फोनमा कुराकानी गरेर भूतपूर्व प्रेमीलाई तनाव दिनेसम्म पनि कार्य गर्छन् ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्