बालविवाह र महिला हिंसा विरुद्धको अभियानमा रेखा थापाको “मालिका”

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१३, नायिका रेखा थापाले निर्देशन र अभिनय गरेको चलचित्र “मालिका” आगामी कार्तिक १६ बाट देशैभर प्रदर्शनमा आउदैछ ।

महिला हिंसा र बालविवाह विरुद्धको अभियानको रुपमा नायिका रेखा थापाले चलचित्र मालिकालाई लिएकी छिन् । जाजरकोटकी १४ वर्षिय कमला ओलीलाई लिएर बनाईएको मालिकामा कर्णलीमा रहेका चेहेरालाई देखाईएको नायिका थापाले बताएकी छन् ।

महिला हिंसा, बलात्कार लगायतको विक्रती विरुद्ध र छोरीको अधिकारको संरक्षणको अभियानको रुपमा मालीकालाई आफुले लिएको निर्देशक थापाले बताएकी छन् । अन्यायमा परेको समाज र वर्गलाई न्याय दिनु नै जीवनको सार्थकता हुन्छ भनेर समाजको बीचमा उभिएकी नायिका थापा आफुले निमार्ण गर्ने चलचित्रले कति कमाउछ भन्दा पनि समाजलाई के सन्देश दिन्छ र संख्यात्मक भन्दा पनि गुणात्मक कोणबाट कथाको मर्म बुझेर चलचित्र दृश्यावलन गर्नु पर्नेमा पछिल्लो समय जोड दिदै आएकोले पनी उनको क्रेज बढेदो क्रममा छ ।

मालिकाका निर्माता नरबहादुर कार्कीले मालिका हेरेर २ सय जना नेपालीमा परिवर्तन आएपनि आफ्नो उद्देश्य पुरा हुने बताएका छन् । हाल नायिका रेखा आफैको अभिनय समेत गरेको मालिकाको ट्रेलरले सबैको मन छोएको छ ।

प्रकाशित : 30 October, 2018

प्रतिक्रिया दिनुहोस्