केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मैत्रीपूर्ण खेलमा नेपाली महिला टोलीको सानदार जित

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१४, ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मंगलबारको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ।

मंगलबार बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई ३-० ले हराउँदै नेपालले सहज जित निकालेको हो। नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र ईन्दिरा राईले १-१ गोल गरेका थिए।

खेलको १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको थियो। दोस्रो हाफको ५५ औं मिनेटमा दीपाले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। त्यस्तै खेलको अन्तिम ८ मिनेटमा ईन्दिराले गोल गर्दै नेपालको सहज जित निश्चित पारिन्।

प्रकाशित : 31 October, 2018

प्रतिक्रिया दिनुहोस्