१ सय रुपैयाँ जरिवाना तिर्न नसक्दा जेल सजाय

काठमाण्डौं । कात्तिक–१४, प्रदेश नम्बर ७ को अछामको मंगलसेन–७ का जड्फे जैसी १ सय रुपैयाँ जरिवाना तिर्न नसक्दा जेल परेका छन् ।मदिरा सेवन गरी बजारमा हो–हल्ला गर्दै हिड्ने जैसीलाई स्थानिय ऐनले तोकेको १ सय रुपयाँ जरिवाना तिर्न नसक्दा जेल परेका हुन् ।
मदिरा सेवन गरी बजारमा हो–हल्ला गर्नेलाई स्थानीय प्रशासनले १ सय रुपैयाँ जरिवाना तोकेको छ । जरिवाना तिर्न नसक्नेले जेल सजाय समेत भोग्नु पर्ने स्थानीय एेनमा व्यवस्था छ ।सोहि व्यवस्था अनुसार जैसी जेल परेका हुन् । जैसीलार्इ स्थानीय प्रशासन ऐन–२०२८ को दफा ९ ९१० अनुसार चार दिनका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ ।
सोमबार बेलुकी करिब साढे ८ बजेतिर जैसीले नगरपालिका–६ को ठूलासेन बजार र घरमा गालीगलौज र होहल्ला गरेकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ ।