केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक वर्षमा प्रहरीलाई ४५ हजार पटक फोन गरेपछि

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१४, टर्कीका ५५ वर्षे एक व्यक्तिले एक वर्षमा प्रहरीलाई ४५ हजार २ सय १० पटक फोन गरेर काममा बाधा पु¥याएको आरोपमा पाँच वर्षे जेल सजाय तोकिएको छ ।

इस्तानबुलको बेराम्पासा जिल्लाका सम्बन्धविच्छेद भएका सेरेफ कानले सन् २०१७ को मे १५ देखि सन् २०१८ को मे १५ सम्म पुलिस लाइनमा एक दिनमा लगभग सयपटक फोन गरे तर कहिले पनि उजुरी र पुलिस सहायताको माग गरेनन् ।

जति पटक फोन गर्थे, उनी केवल फोन उठाउने प्रहरीसँग गफ गर्न मात्र चाहन्थे । उनको यस्तो व्यवहारले प्रहरीहरु पनि वाक्क भइसकेका थिए । कानबाट वाक्क भएर प्रहरीले उनीहरुले इस्तानबुल पुलिस कम्युनिकेशन र इलेक्ट्रोनिक डिपार्टमेन्टमा मुद्दा नै दर्ता गरे । अनुसन्धानमा कानले ११५ इमर्जेन्सी नम्बरमा कूल ४५ हजार दुई सय १० पटक फोन गरेको पत्ता लाग्यो ।

कानले एक वक्तव्य जारी गर्दै पुलिससँग माफी मागिसकेका छन् । उनले आफू एक्लै भएकाले पुलिसलाई फोन गरेको बताएका छन् ।

प्रकाशित : 31 October, 2018

प्रतिक्रिया दिनुहोस्