केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी गायिका तथा अभिनेत्री पाउला अब्दुल स्टेजबाट लडेपछि

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१४, अमेरिकी गायिका, डान्सर, कोरियोग्राफर तथा अभिनेत्री पाउला अब्दुल मिसिसिप्पीको एक कन्सर्टका क्रममा स्टेजबाट लडेकी छन् । ‘द प्रमिस अफ अ न्यु डे’ बोलको गीत प्रस्तुत गर्ने क्रममा ५६ वर्षीया गायिका मञ्चको छेउमा पुगी लडेकी हुन् ।

यो घटनामा त्यहाँ उपस्थित उनका फ्यानबीच हंगामा मच्चियो । महिलाहरू चिच्याउन थाले । दर्शकका अनुसार पाउलालाई कुनै चोट भने लागेको छैन। घटनापछि पाउला आफैं उठिन् र आफ्नो प्रस्तुतिलाई निरन्तरता दिइन् ।

प्रकाशित : 31 October, 2018

प्रतिक्रिया दिनुहोस्