आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१५,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हिम्मत र आँटले राम्रो उपलब्धि प्राप्त गराउनेछ । सोचेको काम बन्ने छ । जुझारु कार्यशैलीले लक्ष्य हाँसिल गर्न मद्यत पु¥याउनेछ । प्रेमको गाँठो कसिलो हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छन्। यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सोचेको काम बन्नेछ । अध्ययनबाट राम्रो उपलब्धि प्राप्त हुने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक काममा संलग्न हुने अवसर प्राप्त होला । धार्मिक यात्राको योग छ । यात्रा गर्दा ध्यान दिनुहोला । चोटपटक लाग्न सक्ने सम्भावना छ, सतर्क रहनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। रमाइलो जमघटमा सहभागी भइनेछ। मिष्ठान्न भोजनको योग छ । सन्तानबाट खुसीको खबर सुन्न पाइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फजुल खर्च एवं ऋण–कर्जा बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। विश्वास गरेका व्यक्तिहरुबाट धोका हुन सक्छ । दाजुभाईबाट भने साथ पाइनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पदासीन व्यक्तिहरूसँग मतभेद बढ्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनमा मन जानेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उच्च महत्त्वाकांक्षाले प्रगतिमा बाधा पुर्याउनेछ। शिर्जनात्मक काममा मन जानेछ । आम्दानि बढ्नुको साथै केहि खर्चको समेत योग छ । पारिवारिक जमघटले मनमा हर्ष जगाउनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। अप्ठ्यारो परिस्थिति सुल्झनुका साथै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ। मनमा दुविधा उत्पन्न हुन सक्छ । निणर्य गर्दा सोचविचार पु¥याएर गर्नु होला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मौसमी गडबडीले स्वास्थ्य कमजोर रहनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। दिदिबहिनिहरुमा आत्मियता बढ्नेछ । पारिवारिक जमघटले मनमा हर्ष जगाउनेछ । स्वास्थ्यमा केहि खराबि देखिन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा धेरै समय दिन नसकिएला । पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि आँटले महत्वाकांक्षा पूरा हुनेछ। पहिलेका कमजोरीमा पनि सुधार ल्याउन सकिनेछ।

प्रकाशित : 1 November, 2018

प्रतिक्रिया दिनुहोस्