जानिराख्नुस सखरखण्ड खानुका फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१५, सखरखण्ड जमिन मुनी फल्ने एक स्वादिलो फल हो । सखरखण्डलाई सुठुनि पनि भन्ने गरिन्छ । सखरखण्ड मन नपराउने मानिसहरु कमै हुन्छन् । यसलाई उसिनेर खाने गरिन्छ । यो प्राकृतिक रुपले गुलियो हुनुका साथै यसमा चिनीको मात्रा थोरै हुन्छ ।

सरखरखण्ड खानुका फाइदाहरु

–सरखरखण्डले ब्लड सुगरलाई नियमित बनाउँछ किनकि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन । यसमा कार्बोहाइड्रेटको मात्रा पनि लुकेको हुन्छ । यसमा एक प्रकारको हरमन लुकेको हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्ने कार्य गर्छ ।

–सरखरखण्ड सेवन गर्नाले छाला सफा हुने, आँखा जन्य समस्याबाट छुटकारा मिल्ने, इम्यून सिस्टम बलियो हुने, हड्डी बलियो हुने गर्दछ ।

–सरखरखण्ड बेटाक्यारोटीन तथा अन्य स्वस्थकर पोषणले भरपुर्ण हुन्छ । आफ्नो खोराकमा सरखरखण्डलाई सामेल गर्नुहोस् । यसले अन्धोपनालाई परै राख्छ, शरीरको तौल घटाउँछ, छाला सुकोमल बनाउँछ, आँखा, हड्डी लाई बलियो बनाउँछ ।

–सखरखण्डको सेवनले अन्धो हुनबाट यसले बचाउछ । यसमा भिटामीन ए लुकेको हुन्छ जुन अन्धो हुनबाट जोगिनका लागि अति आवश्यक छ ।

–सखरखण्डमा पाचन प्रक्रियालाई बलियो बनाउन सक्ने शक्ति हुनुका साथै यसले लामो समय सम्म भोक मेटाउने काम समेत गर्छ ।

–एउटा ठीक्कको सखरखण्डमा चार ग्राम फाइबर उपलब्ध हुन्छ जुन लामो समय सम्म भोक मेटाउन सहयोगी हुन्छ ।

–कांचो सखरखण्ड र गाजरलाई ग्राइन्डरमा पिसेर यसको सुप बिहानको खानाको रुपमा पनि सेवन गर्नाले शरिरलाई आराम मिल्दछ ।

प्रकाशित : 1 November, 2018

प्रतिक्रिया दिनुहोस्