केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१४ वर्षको उमेरमा प्रोफेसर भएपछि

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१५, संसारमा अनेकौँ आश्चर्यजनक गतिविधिहरु भइरहेका हुन्छन् । हाल आमसंचारले संसारलाई यति साँगुरो बनाइदिएको छ कि संसारको जुनै कुनामा भएको घटना पनि केहि समयमा नै संसारको अर्को कुनाबाट समेत थाहा पाउन सकिन्छ ।

आश्चर्य घटना भइरहने क्रममा लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्ले नाम गरेका किशोरलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।

रिपोर्टको अनुसार लीसेस्टर विश्वविद्यालयमा विद्यार्थीहरुलाई पढाएपछि सोही विश्वविद्यालयले आफ्नो डिग्री पढिरहेका र उनलाई सबैभन्दा कम उमेरको छात्र र विश्वमा सबैभन्दा कम उमेरका प्रोफेसरको रुपमा उपनाम दिइएको हो ।

सन् २०१४ मा उनी राज्य प्राथमिक विद्यालय गएका थिए । हाल उनी डिग्रीको अन्तिम वर्षमा रहेका छन् । डिग्रीसकेपछि उनी पिएचडीको तयारीमा जुट्ने बताएका छन् । उनको परिवारले उनलाई मानव क्याल्कुलेटर भन्ने गर्छन् । उनीसँग गणितको अविश्वशनिय ज्ञान भएका कारण उनलाई मानव क्याल्कुलेटर भनिएको हो ।

१३ वर्षको उमेरमा उनी विश्वविद्यालयको सम्पर्कमा आएका थिए । उनी गणितका जटिलभन्दा जटिल समस्याहरु क्षणभरमा नै सुल्झाइदिने गर्छन् ।

प्रकाशित : 2 November, 2018

प्रतिक्रिया दिनुहोस्