केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बोको हरामका १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१६, सन्दिग्ध बोको हरामका कम्तिमा १५ जना लडाकू मारिएका छन् ।
नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीहरुले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु केही व्यक्ति अझै हराइरहेका छन् । उनीहरूलाई विद्रोहीले अपहरण गरेर लगेको अनुमान गरिएको छ ।

बुधबार राती अबेर भएको आक्रमणबाट कोन्डुगा क्षेत्रका कम्तीमा दुई गाउँ अत्यधिक प्रभावित भएका छन् । प्रभावित केही व्यक्तिहरुलाई स्थानान्तरण समेत गरिएको छ ।

मारिनेमा कोफाका एक जना धार्मिक नेता पनि रहेको समाचारमा जनाइएको छ । स्थानीयबासिन्दाले लामो समय सम्म गोलीको आवाज सुनेको बताएका छन् ।

प्रकाशित : 2 November, 2018

प्रतिक्रिया दिनुहोस्