जम्मू–कश्मीर बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या
सहयात्रा टिभी
काठमाण्डौं । कात्तिक–१६, भारतीय जनता पार्टी (बीजेपी) का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको छ ।
बीजेपीका सचिव अनिल परिहार र उनका भाइ बिहीबार साँझ जम्मु काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै परिहार बीजेपीका एक होनाहार नेता भएको बताएका छन् ।
गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।