केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जम्मू–कश्मीर बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१६,  भारतीय जनता पार्टी (बीजेपी) का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको छ ।

बीजेपीका सचिव अनिल परिहार र उनका भाइ बिहीबार साँझ जम्मु काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै परिहार बीजेपीका एक होनाहार नेता भएको बताएका छन् ।

गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : 2 November, 2018

प्रतिक्रिया दिनुहोस्