चौका दाउको “मेरो माया कतारमा” सार्वजानिक
काठमाण्डौं । कात्तिक–१६, फिल्म चौका दाउको दोस्रो “मेरो माया कतारमा” गीत सार्वजनिक भएको छ । शम्भुजित बास्कोटाको संगीत तथा श्रीपुरुष ढकालको शब्द रहेको मेरो माया कतारमा बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा शम्भुजित बास्कोटा र गायिका सुमन गुरुङको स्वर छ । सौर्य प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् । फिल्ममा सोनीका के.सी ,सन्तोष पन्त , तैयव शाह , रविन्द्र झा , विल्सन विक्रम राईको नृत्य रहेको छ । पुर्नेन्दु झाको निर्देशन रहेको फिल्म चौका दाउ आँउदो पौष २७ गतेदेखि प्रर्दशनमा आउँदैछ । फिल्मको कथाबस्तुमा आधारित भई दोस्रो गीतका रुपमा मेरो माया कतारमा गीतलाई फिल्ममा समाबेश गरिएको निर्देशक झाले जानकारी दिए ।
पहिलो गीतलाई जसरी दर्शकले रुचाएका थिए त्यसरीनै दोस्रो गीतलाई पनि दर्शकले अत्यधिक मात्रामा रुचाउने झाको भनाई छ । चौका दाउको पहिलो गीत राधापियारी यसअघि सार्वजनिक भइसकेको छ ।