के तपाइँका बच्चा धेरै टिभी हेर्छन् ? स्वास्थ्यका लागी घातक हुन सक्छ
काठमाण्डौं । कात्तिक–१६, आजभोली बच्चाहरुलाई फकाउनको लागी टेलिभिजन, मोबाइल, ल्याप्टप जस्ता साधनहरुको उपयोग गरिन्छ । बच्चाहरु पनि यी साधन नदिएसम्म खाना नखाने, स्कुल नजाने भनेर जिद्दि गरिरहेका हुन्छन् । सानै उमेरबाट यस्ता प्रविधिप्रति मोहित हुँदै गएका बच्चाहरुलाई अभिभावकहरुले नै यस्तो साधन उपलब्ध गराउँने गर्छन् ।
तर यी साधनहरुको अत्याधिक उपयोगले बच्चामा कस्तो असर पर्छ भन्ने कुरामा भने प्रत्येक अभिभावकहरुले जान्नै पर्ने हुन्छ ।
यदि बच्चाहरुले लगातार ३ घण्टा भन्दा बढि समय टिभी हेर्न, कम्प्युटर गेम, ट्याव्लोइड तथा स्मार्टफोनमा समय बिताउँछन् भने त्यो बच्चाहरुको स्वास्थ्यको लागी निकै घातक हुन्छ ।
एक रिपोर्टका अनुसार घण्टौसम्म टिभीको स्क्रिनमा आफ्नो समय बिताउने बालबालिकामा मधुमेहको खतरा अत्याधिक हुन्छ। लण्डनमा ९ देखि १० वर्षका ४ हजार ५ सय बालबालिकामा गरिएको एक शोधअनुसार बालबालिकाले लगातार डिजिटल प्रविधिमा झुकाब राख्नाले उनीहरुमा मोटोपन बढ्दै जान्छ । साथै यसले शरीरमा रहेको इन्सुलिन तथा पाचन ग्रन्थी र हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिदैन । जसको कारण डायविटिज लाग्न सक्छ।
साथै टिभीको स्क्रिन अगाडि धेरै समय नबिताउने बालबालिकामा भने टाइप २ को डायविटिज लाग्ने सम्भावना अत्याधिक हुन्छ ।
यसका साथै आजभोलीका बच्चाहरुमा सानै देखि आँखाको समस्या देखिन थाल्छ, यसको कारण पनि यहि हुन सक्छ । साथै बच्चाहरुमा टिभी, ल्याप्टपमा समय विताउने बानि भएपछि अन्य अतिरिक्त क्रियाकलापहरुको विकास उनीहरुमा हुँदैन् ।