केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीलङ्कामा नोभेम्बर ७ मा संसद् बैठक बस्ने

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१७, श्रीलङ्काली सभामुखले संसद्को बैठक यही नोभेम्बर ७ तारिखका लागि आह्वान गर्ने जानकारी शुक्रबार दिएका छन् ।

उनले शुक्रबार सांसदहरुसँग बैठक गरेका थिए । सो बैठकपछि आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाइने जानकारी दिएको बताइएको छ ।

यहाँका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भने यहाँको संसद् निलम्बन गरेका थिए । उनले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेको घोषणा यसअघि नै गरेका थिए ।

उक्त घोषणासँगै उनले श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरी श्रीलङ्काको प्रधानमन्त्रीमा यहाँका पूर्वराष्ट्रपति र वर्तमान संसद्का एकजना सदस्य महिन्दा राजपाक्छेलाई नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीमा राजपाक्छे नियुक्तिसँगै श्रीलङ्कामा राजनीतिक सङ्कट गहिरिएको थियो । विक्रमासिंघेले आफू नै प्रधानमन्त्री भएको र आफूले संसदबाट विश्वासको मत लिने बताएपछि राष्ट्रपति सिरिसेनाले संसद् नै निलम्बन गरिदिएका हुन् ।

संसद्मा प्रतिनिधित्व गर्ने ११८ जना सदस्यसँग शुक्रबार सभामुखले बैठक गरेको संसदीय समितिका प्रवक्ता कारु जयासूर्यले जानकारी दिए । श्रीलङ्काको संसदमा २२५ सदस्य छन् ।

प्रकाशित : 3 November, 2018

प्रतिक्रिया दिनुहोस्