आजको राशिफल
काठमाण्डौं । कात्तिक–१७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या देखिने छ, खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा बाधा देखिन सक्छ त्यसैले यात्रा गर्दा विशेष ख्याल पु¥याउनु पर्ने देखिन्छ । खर्चमा केहि वृद्धि हुनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा बाधा देखिन सक्छ । आत्मबल कमजोर रहनेछ । समय केहि प्रतिकुल रहेन हुँदा धन बाहिरिने सम्भावना बढि छ । परिवारका सदस्यबाट भने साथ र सहयोग मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित व्यक्तिहरुको साथ र सहयोगले काममा सफल भइनेछ । यात्राको अवसर मिल्नेछ । मिष्ठान्न भोजनको योग छ । अध्ययनमा खास्सै मन जाने छैन् । दाम्पत्य सम्बन्ध मजबुत हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विवादित जिम्मेवारी वहन गर्नु पर्ने हुँदा काममा केहि समस्या देखिन सक्छ । अरुको लागी समय व्यतित गर्नुपर्ला । अनावश्यक खर्चमा वृद्धि हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मौसमि गडबढिले स्वास्थ्यमा केहि समस्या देखिएपनि खास्सै ठूलो असर भने हुने छैन् । अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि देखिएको छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
फजुल खर्च बढ्ने ग्रहयोग रहेकाले मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। काम गर्दा सचेत रहनुहोला । बोलीव्यवहारमा ध्यान दिनुपर्ने छ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनग्गे आम्दानी हुनेछ र व्यवसायमा प्रशस्त फाइदा उठाउन सकिनेछ। चिताएको काम बन्नेछ । घनिष्ठ मित्रसँग भेट हुनेछ । प्रेमको गाँठो कसिलो हुनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य काम सम्पादन हुनाले धेरैको प्रशंसा पाइनेछ। मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। परिवारमा भने केहि असमझमारी हुन सक्छ, सतर्क रहनुहोला ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले भैपरी आउने समस्या सुल्झनेछन्। परिबन्धले केही झमेला निम्त्याए पनि लगनशीलाताले आफ्नो लक्ष्यमा पुर्याउनेछ। सन्तानबाट सुख मिल्नेछ । दाजुभाईको सम्बन्ध मजबुत बन्नेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मौसमी गडबडीले स्वास्थ्य कमजोर रहनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले भविष्यका लागि कर्मसञ्चय गर्न सकिनेछ। प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जाग्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता पनि ल्याउनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। पहिलेका कमजोरीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका प्राप्त हुनेछ।