केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनुवाईका क्रममा भाग्ने अभियुक्तलाई समाउन न्यायाधीश दौडिएपछि

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–१८, अमेरिकी सहर वाइनकस्थित अदालतमा आर डब्लू बजार्ड नाम गरेका एक न्यायाधीशले मनोरञ्जनात्मकका साथै प्रशंसनीय काम पनि गरेका छन् । लुइस काउन्टी अदालतमा सुनुवाई भइरहेको समयमा दुईजना अभियुक्तले भाग्ने प्रयास गरेको थिए ।

अदालतबाट अभियुक्तहरु भाग्न थालेपछि ती न्यायाधीश आफ्नो आसनबाट उठेर अभियुक्तहरुको पछिपछि दौडिए । अदालतमा सुनुवाइका क्रममा त्यहाँ सुरक्षाकर्मी नभएको मौका छोपेर अभियुक्तहरु भाग्ने कोसिस गरेको देख्नासाथ न्यायाधीश बजार्ड आफ्नो कुर्सीबाट जुरुक्क उठेर आफुले लगाएको गाउन फ्याँक्दै उनीहरुलाई समात्न दौडिए ।

उनले एक जना अभियुक्तलाई भने समाएर फर्काए र अर्का अभियुक्तलाई भने सुरक्षाकर्मीले समाते ।
अमेरिकी एक न्यूज च्यानलले तयार गरेको उक्त घटनाको एक भिडियो हाल सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।

प्रकाशित : 4 November, 2018

प्रतिक्रिया दिनुहोस्