केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ को उपाधि चन्दालाई

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१८, सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ को उपाधि चन्दा थापा गिरीले पाएकी छन् । सिंगापुरमा शुक्रबार सम्पन्न विवाहित महिलाहरूबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेसनल २०१८ को उपाधि गिरीले पाएकी हुन् ।

प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा, मिसेस नेपाल इन्टरनेसल २०१७ सुरुचि पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले नेपालको प्रतिनिधित्व गरेका थिए।

प्रतियोगितामा अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका विवाहित सुन्दरी सहभागी थिए। प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेसिया र इन्डोनेसियामा भएको थियो। निर्णायक प्रतिस्पर्धा भने सिंगापुरको आर्केड कन्ट्री क्लबमा भएको थियो।

प्रकाशित : 4 November, 2018

प्रतिक्रिया दिनुहोस्