केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाबुबाट यौन दुर्व्यवहार गरिएकी बालिकाको मृत्यु

सहयात्रा टिभी

नेपालगञ्ज । कात्तिक–१८, बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगर–२१ पुरैनाकी बालिकाको नेपालगञ्ज मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गराइरहेको क्रममा मृत्यु भएको हो ।

बालिकाको मृत्युपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरीअनुसार कात्तिक ३, ४ र ५ गते बालिकामाथि उनकै बाबुले यौन दुर्व्यवहार गरेका थिए ।

पोलियो रोगले अपांगता भएकी बालिकालाई तेल लगाउने गरिएको थियो। तेल लगाउने बहानामा स्तन समाउने, योनिमा औंला पसाएर यौन दुर्व्यवहार गर्ने गरेको बताइएको छ ।

आरोपी बाबुलार्ई जाहेरी परेकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 4 November, 2018

प्रतिक्रिया दिनुहोस्