केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१९,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न अवसरहरु प्राप्त हुनेछन् । रोकिएका काम बन्नेछ । आर्थिक उपार्जन हुनाले दैनिकि सहज हुने देखिन्छ । प्रतिस्पर्धीहरुलाई पछि पार्दै सफलता हात पार्न सकिनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहपाठिहरुसँग असमझदारी हुनेछ । अध्ययनमा मन जाने छैन् । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ । काममा अवरोध हुन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । शुभचिन्तकहरुको सल्लाह सुझावलाई पालना गर्न सके राम्रो हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अफ्ट्यारो परिस्थितिमा सहयोगीहरुको साथ मिल्नेछ । मेहनेत गर्नाले विशेष अवसरहरु पाइनेछ । प्रेमसम्बन्धमा केहि असमझदारी देखा पर्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो सानो कमजोरिले ठूलो समस्या निम्त्याउन सक्छ । कुरा लगाउनेहरुबाट सतर्क रहनुहोला, आत्मीय सम्बन्धमा फाटो ल्याउने काम गर्न सक्छन् ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति केहि प्रतिकुल हुनाले प्रतिक्षित काममा सकारात्मक नतिजा नदेखिन सक्छ । स्वास्थ्यमा समस्या देखिनाले केहि कमजोर भएको महसुस हुनेछ । प्रतिष्ठित काममा हात हाल्न सकिनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्चमा वृद्धि हुनेहुँदा आर्थिक संकट देखिन सक्छ । खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सहयोगीहरु भेटिन मुस्कील छ । अध्ययनमा खास्सै मन नजान सक्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा फाइदा हुनेछ । परिवारको आवश्यकता पुरा गर्न सकिने हुँदा मनमा सन्तुष्टि मिल्नेछ । प्रेमको गाँठो कसिलो हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुने सम्भावना छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य कमजोर हुनेछ । सहयोगीहरुको साथ र सहयोगले काममा सफल भइनेछ । सामुहिक काममा समय व्यतित हुनेछ । परिवारका सदस्यहरुबाट सहयोग मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय प्रतिकुल रहनेछ । ईर्ष्या गर्नेहरू बढ्नेछन् भने विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। साथीभाईहरुसँगको भेटले मनमा हर्ष जाग्नेछ । मिष्ठान्न भोजनको योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक सुखका साधन जुट्नेछन् । प्रिय व्यक्तिसँगको भेटले दिन हर्षमय बन्नेछ । अध्ययनमा मन जानेछ । शिर्जनात्मक काममा संलग्न भइएला ।

प्रकाशित : 5 November, 2018

प्रतिक्रिया दिनुहोस्