केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विराटनगरमा नेकपाको चियापान कार्यक्रम, अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले सम्बोधन गर्ने

सहयात्रा टिभी

विराटनगर । कात्तिक–१९, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महासचिव बिष्णु पौडेल आउने भएका छन् । आज दिउँसो पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेता ऋषिकेश पोखरेलले जानकारी दिए ।

एक नम्बर प्रदेशका सबै जिल्ला प्रतिनिधित्व हुने गरी पार्टी कार्यकर्ताको उपस्थिती हुने आँकलन गरिएको छ । विराटनगरमा आएर संयुक्त रुपमा पहिलो पटक प्रचण्डले सम्बोधन गर्न लागेका हुन । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई बोलाइएको भएपनि अध्यक्ष ओली अस्वस्थ भएका कारण महासचिव पौडेल र अध्यक्ष प्रचण्ड आउन लागेको नेकपा केन्द्रीय सदस्य गोपी आछामीले बताए ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा आमसर्वसाधारण, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सांसदहरु, उद्योगी व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, कलाकार, मजदुर, युवा, महिला, पत्रकार, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, विभिन्न पेशा तथा समुदायका व्यक्तिहरुको उपस्थिती रहने नेकपाले जनाएको छ ।पार्टी एकता पछि पहिलो पटक कार्यक्रम हुँदा कार्यकर्तामा राजनीतिक हिसावले उर्जा दिनेगरी बिषयहरु आउने भएकोले कार्यकर्तामा उत्साह रहेको आछामीको भनाई छ । हरेक वर्ष शुभकामना कार्यक्रम गर्दै आएको भएपनि यो वर्ष पार्टी एकिकरणको वर्ष भएकोले संयुक्तरुपमा नेताहरुलाई बोलाएर नेकपाले शुभकामना आदान प्रदान गर्न लागेको हो ।

प्रकाशित : 5 November, 2018

प्रतिक्रिया दिनुहोस्