केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रेखाद्वारा ऋषि धमलालाई ‘मी टु’ आरोप

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–१९, अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको ‘मीटु’ अभियान अहिले विश्वभर चर्चामा छ । यसको प्रभाव अहिले भारत हुँदै नेपालमा पनि परेको छ ।

पत्रकार ऋषि धमलालाई पनि ‘मीटु’ को आरोप लगाउने चेतावनी आएको छ । एक टेलिभिजन कार्यक्रममा ऋषि धमलाले नायिका रेखा थापासँग अन्तर्वार्ता गरेका थिए । अन्तर्वार्ता क्रममा ऋषिले रेखा थापासँग उनको पहिलो विवाह र उनको विवाहको कुरा कोट्याएपछि रेखा थापाले अन्तर्वार्तामा नै ‘मीटु’ अभियानमा जाने चेतावनी दिएकी हुन् ।

‘विगतका कुरा कोट्याउँदा मानसिक असर पर्न सक्छ,’ रेखाले भनिन्, ‘म एउटा परिपक्व महिला हुँ, कहिले विवाह गर्छु त्यो मेरो कुरा भयो, यसलाई तपाइँले सोध्न मिल्दैन ।’ रेखाले यति भन्दै गर्दा ऋषि भने मुसुमुसु हाँसिरहेका थिए । अन्त्यमा रेखाले ऋषिलाई हाँस्दै चलचित्र ‘मालिका’ हेर्न अनुरोध गरिन् ।

प्रकाशित : 5 November, 2018

प्रतिक्रिया दिनुहोस्